
काठमाडौं । नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रालिले अनरको पछिल्लो एन्ट्री लेभल मोबाइल अनर एक्स६ को प्रिबुकिङ खुला गरेको छ ।
वितरकका अनुसार अनर एक्स सेरिजहरु (एक्स७, एक्स८ र एक्स९) र अनर ५० लाइट पहिल नै बजारमा उपलब्ध रहेको र अनर एक्स६ पनि एक्स सेरिजमा थपिएको छ ।
कम्पनीका अनुसार अनर एक्स६ को प्रि-बुकिङ अभियान २४ -२५ सेप्टेम्बर २०२२ सम्म लागू हुनेछ ।
यो योजना अन्तर्गत अनर एक्स६ को प्रत्येक प्रि-बुकिङमा उपभोक्ताले ५ हजार ५०० रुपैयाँ मूल्यको अनर इयरबड्स एक्स३ लाइट ५०० रुपैयमा प्राप्त गर्न सक्नेछन् ।
२६ सेप्टेम्बरदेखि अनर एक्स नेपालभर अनलाइन र अफलाइन साझेदारहरु ६ मार्फत उपलब्ध हुने मोबाइलको आधिकारिक मूल्य १८ हजार ४९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4