
काठमाडौं । कुमारी बैंक लिमिटेडले चन्द्रागिरी नगरपालिकाको गुर्जुधारामा नयाँ शाखा सञ्चालनमा ल्याएमा छ ।
गुर्जुधारामा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले काठमाडौं, भक्तपुर र धनुषामा गरी १० स्थानमा एक्सटेन्सन काउन्टर पनि विस्तार गरेको छ ।
बैंकका अनुसार काठमाडौंको बल्खु, शंखारापुर नगरपालिका-९ स्थित इन्द्रायणी, नागर्जुन नगरपालिका-३ स्थित गैरीगाँउ, टोखा नगरपालिका-१ स्थित झोर, गोकर्णेश्वर नगरपालिका-९ स्थित आरुवारी, महाराजगञ्ज, छाउनी र जैसीदेवलमा एक्सटेन्सन काउन्टर विस्तार गरेको हो ।
यस्तै भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ स्थित नेकोसेरा र धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१२ स्थित आरआरएम क्याम्पस क्षेत्रमा एक्सटेन्सन काउन्टर विस्तार गरेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4