
५ असोज, काठमाडौं । कपनको एक घरमा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।
राममन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ ।
आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान हुनसकेको छैन ।
घरको माथिल्लो तलामा रहेकाहरुको उद्धार गरिएको छ ।
दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।
हेर्नुहोस् तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4