
६ असोज, काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधिसभा र प्रतदेशसभा निर्वाचनको घोषणापत्र तयारी समितिको प्रवक्ताको जिम्मेवारी सहमहामन्त्री जीवन परियारलाई दिइएको छ ।
बिहीबार बसेको घोषणा पत्र तयारी समितिको बैठकले सहमहामन्त्री परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
‘सञ्चार माध्यमका साथीहरूले आवश्यक सूचना एवं विविध बिषयमा क्रमशः तय हुने अवधारणाका लागि उहाँलाई सम्पर्क गर्न सक्नुहुनेछ । समितिका तर्फबाट आवश्यकता अनुरुप प्रवक्ता परियारले सम्पर्क स्थापित गर्नुहुने जानकारी पनि गराइन्छ ।’ समितिका सदस्य सचिव डा. प्रदीप पराजुलीद्वारा जारी विज्ञप्तिमा छ ।
बुधबार मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनित गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4