
६ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ९ प्रतिशत नगद लाभांश दिने भएको छ । ६ असोज बिहीबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयर धनीलाई ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सञ्चालक समितिको बैंठकले २०७९ असार मसान्तमा कायम चुक्ता पूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ९ प्रतिशतले हुने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको बैंकले उल्लेख गरेको छ ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4