
७ असोज, काठमाडौं । अनलाइनखबरका फोटो पत्रकार आर्यन धिमाल ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् ।
बिहीबार राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको २५औं स्थापना दिवसको अवसरमा आयोजित रजतजयन्ती तथा चौथो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड-२०२२ मा धिमाललाई उक्त सम्मान प्रदान गरिएको हो ।
उनलाई अर्थमन्त्री जनार्दन शर्माले सम्मानपत्र प्रदान गरे । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको पनि उपस्थिति थियो ।
उक्त अवसरमा कोरोना महामारीको समयमा फोटो पत्रकारहरूले खिचेका तस्वीरहरू संकलन गरिएको ‘लकडाउनमा नेपाल’ फोटो पुस्तक समेत सार्वजनिक गरिएको थियो ।
फोटो पत्रकार समूहले विभिन्न विधामा अवार्ड समेत वितरण गरेको थियो । जसमा नेपाल टेलिकम दैनिक जीवन फोटो पत्रकारिता विधामा सुनिल शर्मा, खेलकुद फोटो पत्रकारितातर्फ हरिशसिंह नगाल, पञ्चकन्या ग्रुप महिला फोटो पत्रकारिता विधामा अनन्ता भण्डारी पुरस्कृत भए ।
यस्तै प्रदेश स्तरीय फोटोपत्रकारिता अवार्ड विधातर्फ प्रदेश १ उत्कृष्ट फोटोपत्रकारिता विधामा गुरु ढकाल, मधेश प्रदेशबाट जियालाल प्रसाद साह, बागमती प्रदेशबाट सन्तोष श्रेष्ठ, गण्डकी प्रदेशबाट प्रेम थापा, लुम्बिनी प्रदेशबाट मनोज पौडेल, कर्णाली प्रदेशबाट वसन्तप्रताप सिंह र सुदूरपश्चिम प्रदेशबाट विनोद विष्टले अवार्ड जिते ।
प्रतिक्रिया 4