
काठमाडौं । ‘ईसेवा’ले सञ्चालन गरेको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनामा इलामका अनुपम पोखरेलले नगद एक लाख रूपैयाँ जित्न सफल भएका छ । उनले नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क ईसेवा मार्फत भुक्तानी गरेका थिए ।
ईसेवाले बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले ५ जेठदेखि ५ भदौसम्म लखपति योजना सञ्चालन गरेको थियो । उनलाई बीमा गराउने अभिकर्ता रोहित पोखरेल र इन्स्योरेन्स शाखा कार्यालय इलामलाई समेत २०/२० हजार रुपैयाँ नगद उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरेर ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले विजेताहरुलाई नगद हस्तान्तरण गरेका हुन् ।
लखपति योजनाभर ईसेवाबाट बीमा शुल्क भुक्तानी गर्ने ९४ जनाले नगद एक/एक हजार रुपैयाँ पाएका छन् । ईसेवाले हरेक हप्ता गोलाप्रथा मार्फत साप्ताहिक विजेता चयन गर्दै आएको थियो ।
विजेतालाई नगद हस्तान्तरण गर्दै सापकोटाले बीमितहरुले घरमै बसेर आफ्नो बीमा शुल्क भुक्तानी गर्नका लागि प्रोत्साहन गर्न यो योजना सञ्चालन गरेको बताए ।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स्का आईटी प्रमुख शरदचन्द्र प्याकुरेलले ईसेवाले बीमा क्षेत्रको भुक्तानीलाई पनि अनलाइन मार्फत गर्न प्रोत्साहन गरिरहेको भन्दै बीमा क्षेत्रमा थप सहजता गराएको प्रतिक्रिया दिए । योजना अवधिभर ईसेवामार्फत ४ अर्ब बढीको कारोबार भएको उनले बताए ।
प्रतिक्रिया 4