
८ असोज, काठमाडौं । ‘ मोक्षभूमि’ उपन्यासका लेखक केशव दाहालको ‘माधवी ओ माधवी’ सार्वजनिक भएको छ । यो गैरआख्यान निर्बन्ध हो ।
पुस्तकको शुक्रबार एक समारोहकाबीच विमोचन गरिएको हो । नयाँ शैलीमा लेखिएको यो पुस्तकमा दाहालले विभिन्न समय र कोणबाट देखेको नेपाली समाज, यहाँको मनोविज्ञान र राजनीतिका घुम्तीहरुको वृत्तान्त उतारेका छन् ।
गैर–आख्यानात्मक भइकन पनि आख्यानको स्वाद पाइनु ‘माधवी ओ माधवी’को विशेषता रहेको लेखकको भनाइ छ ।
‘माधवी ओ माधवीमा मैले एउटा आँखीझ्याल बनाएको छु, जसबाट मेरो पुस्ताको समय, भावधारा र जीवनको ईन्द्रेणीलाई चियाउन सकिन्छ,’ कार्यक्रममा बोल्दै लेखक केशव दाहालले भने ।
प्रकाशन संस्था किताब पब्लिसर्सका अनुसार पुस्तकमा फरकफरक स्वादका २३ वटा निबन्धहरु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4