
८ असोज, काठमाडौं । चन्द्रागिरि नगरपालिका–१३, लामाचौरमा शुक्रबार राति सवारी चालक आशिष अर्यालले टिपर रोकेका थिए ।
ग्राभल लिएर आएको टिपर रोकेर उनी बाहिर निस्किएका मात्रै के थिए, एक्कासी टिपर आफैं गुड्यो । प्रहरी वृत्त, थानकोटका अनुसार प्रदेश ३–०१–००६ ख ०००८ नम्बरको टिपर अगाडि गएर सिधै घरमा ठोक्कियो ।
संयोगवस घरको तल्लो तलामा फेन्सी कपडा पसल मात्र थियो । त्यसैले मानवीय क्षति हुन पाएन । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4