
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको नाडा ईभी एक्स्पोमा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले सञ्चालन गरेको एक्स्पोमा नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरु प्रदर्शनीमा छन् । टिगोर ईभी, नेक्सन ईभी डार्क तथा नाडा ईभी एक्स्पोमा नै सार्वजनिक गरिएको थियो ।
एक्स्पो उद्घाटनका दिन नेक्सन ईभी प्राइम सार्वजनिक गरिएको थियो । जसमा अवलोकन गर्न आएका ग्राहकहरुले उत्साहजनक प्रतिक्रिया दिएको आयोजकले जनाएको छ । ‘न्यु फरेभेर’ को अवधारणा अनुरुप निर्माण गरिएको यो गाडीमा मल्टी–मोड रिजेन, रिजेनमा स्वचालित ब्रेक ल्याम्प एक्टिभेसन, क्रुज कन्ट्रोल, टायर प्रेसर मनिटरिंग सिस्टम र ११० सेकेन्डको चार्जिंग टाइम आउट जस्ता समुन्नत विशेषताहरु रहेको कम्पनीले जनाएको छ ।
एक्स्पोमा ईभी गाडी हेर्न आएका ग्राहकहरुले गाडीको प्रविधि र बिक्री पश्चातका सेवा सुविधाबारे जानकारी लिनुका साथै चार्जिङ एप, चार्जिङ स्टेसन, चार्जर र सर्भिसिङबारे जिज्ञासा राख्ने गरेको सिप्रदीका कर्मचारीहरु बताउँछन् ।
ईभी एक्स्पोमा हरेक वर्ग तथा उमेरका ग्राहकहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । एक्स्पोमा विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे लगायत अटो पार्ट्सका स्टलहरु पनि राखिएका छन् ।
प्रतिक्रिया 4