
९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावी कार्यक्रममा सहभागी हुन शनिबार चितवन गएका छन् ।
सचिवालयका अनुसार प्रचण्ड श्रीमती सीता सहित चितवन गएका हुन् । प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘अध्यक्ष दुई/चार दिन उतै बस्ने गरी जानु भएकाले आमालाई पनि सँगै लगिएको हो ।’
सीता लामो समयदेखि ओछ्यान परेकी छन् । सीतालाई खाना खुवाउन पनि सहयोगी चाहिन्छ । उनलाई गाडीमा राखेर चितवन लगिएको हो ।
दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् । यो रोग पूर्णरुपमा निको नहुने र रोकथाममात्र गर्न सकिने चिकित्सकहरु बताउँछन् ।
सीतालाई यसअघि अमेरिका, सिंगापुर र भारतमा लगेर उपचार गराइसकिएको छ । उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा पनि उपचार गराउने गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4