
९ असोज, काठमाडौं । मेचीनगर नगरपालिका–१२, कालिझोडामा एकजनाको शव भेटिएको छ । विर्तामोड–४ बस्ने ५४ वर्षका देवीप्रसाद पोखरेल मृत अवस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी विश्वमणि पोखरेलका अनुसार प्रारम्भिक जाँचका क्रममा पोखरेलले विष सेवन गरेको हुनसक्ने देखिएको छ ।
‘नजिकै विषको बट्टा पनि बरामद भएको छ,’ पोखरेलले अनलाइनखबरसँग भने, ‘यद्यपि, विस्तृत अनुसन्धान गरिरहेका छौं ।’
उनी इलाम जाने भनेर ४ दिनअघि घरबाट निस्किएका थिए ।
प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएको छ । मृतकको भिसेरा जाँचसमेत गर्ने प्रहरी तयारी छ । भिसेरा जाँचबाट मृतकले जीवित हुँदा अन्तिम पटक के–के खाएका थिए भन्ने खुल्नेछ ।
मृतकको साथबाट सुसाइड नोट वा अन्य कुनै किसिमका लिखत भेटिएको छैन । मृतक पोखरेल नेपाल पत्रकार महासंघ झापा शाखाकी उपाध्यक्ष तथा नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य सुशीला संग्रौला (पोखरेल) का पति हुन् ।
उनको आइतबार अपरान्ह ४ बजे कनकाई माईमा अन्त्येष्टि गरिने नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बताए ।
प्रतिक्रिया 4