+
+

चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १६:४०

९ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ४ मंसिरको चुनावमा नेपाली सेनालाई परिचालन गर्न स्वीकृति दिएकी छिन् ।

‘एकीकृत सुरक्षा कार्य योजना २०७९’ मा भएको व्यवस्था अनुसार सुरक्षा निकायहरुबीच एकीकृत तथा समन्वयात्मक रुपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषदको भदौ १७ गतेको सिफारिस अनुसार राष्ट्रपतिले सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा लेखिएको छ,–‘मन्त्रिपरिषदको मिति २०७९/०५/२२ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति मिति २०७९/०५/२७ को पत्रका आधारमा सम्व्त २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२)बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?