
९ असोज, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बेरुजु फर्छ्योट गर्न कार्ययोजना ल्याएको छ ।
मन्त्रालयको आर्थिक प्रशासन शाखाले मन्त्रालय, सबै कार्यक्रम, आयोजना र जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै कार्ययोजनाबारे जानकारी गराएको हो ।
कार्ययोजनामा मन्त्रालयको न्यूनतम ४५ प्रतिशत, मन्त्रालय अन्तर्गत केन्द्रीय निकायहरुले न्यूनतम ६० प्रतिशत, जिल्ला समन्वय समितिहरुले पनि ६० प्रतिशत कुल बेरुजु फर्छ्योटको दायित्व रकम चालु आर्थिक वर्षमा नै फर्छ्योट गरिने उल्लेख छ ।
कार्ययोजना अनुसार सामान्य प्रशासन मन्त्रालयले प्रथम त्रैमासिकमा ५ करोड, दोस्रो त्रैमासिकमा ६० करोड, तेस्रो त्रैमासिकमा १ अर्ब १० करोड र चौथो त्रैमासिकमा २ अर्ब १५ करोड गरी कुल ३ अर्ब ९० करोड ७९ लाख १६ हजार बेरुजु फर्छ्योट गरिनेछ ।
हेर्नुहोस् कार्ययोजना:
प्रतिक्रिया 4