+

बंगलादेशसँगको मैत्रीपूर्ण खेल जितेर दशैंको उपहार दिने लक्ष्य

२०७९ असोज  ९ गते १८:४४ २०७९ असोज ९ गते १८:४४
बंगलादेशसँगको मैत्रीपूर्ण खेल जितेर दशैंको उपहार दिने लक्ष्य

९ असोज, काठमाडौं । नेपाली राष्ट्रय फुटबल टिमले मंगलबार दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

दशैंको छेकोमा हुन लागेको यो खेल जितेर दशैंको उपहार दिने योजना खेलाडी र प्रशिक्षकको छ ।

आज (आइतबार)को अभ्यासपछि कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईंले पत्रकारसित भने, ‘दशैंको बेलामा नेपाली फुटबल समर्थकलाई नतिजा दिन सक्यो भने छुट्टै मजा आउछ ।’

पछिल्लो समय बंगलादेशको टिम निकै राम्रो भइरहेको भन्दै उनले मैत्रीपूर्ण खेल प्रतिस्पर्धात्मक हुने बताए ।

नेपाली टिमका चर्चित स्ट्राइकर विमल घर्ती मगर पनि घरेलु मैदानमा लामो समयपछि हुन लागेको मैत्रपिूर्ण खेल जित्ने लक्ष्यमा रहेको बताउँछन् ।

कम्बोडियालाई हराएर नेपाल आएको बंगलादेशलाई उनी कडा प्रतिस्पर्धी मान्छन् । घर्ती मगर भन्छन्, ‘हाम्रो लागि बंगलादेश राम्रो प्रतिस्पर्धी हो । पछिल्लो समय कम्बोडियालाई जितेर उनीहरुको आत्मविश्वास बलियो भएको छ । यो खेललाई महत्वपूर्ण रुपमा लिएका छौं ।’

अखिल नेपाल फुटबल संघ एन्फाले कार्यवाहक प्रशिक्षक बनाएपछि अमेरिकाबाट फर्केका हुमागाईंले यसलाई अवसर र चुनौती दुवै मनेका छन् । उनले भने, ‘मेरो लागि अवसर र चुनौती दुवै हो ।’

नेपाली राष्ट्रिय टिम एक बाटोबाट अर्को बाटोमा जाने क्रममा रहेको भन्दै प्रशिक्षक हुमागाईंले यस्तो बेलामा आफू पुल बनेर आएको बताए । खेलाडीहरु क्षमतावान भएको भन्दै उनले उनीहरुलाई एक टिमको रुपमा अगाडी बढाउन पाउनु सकरात्मक पक्ष भएको बताएका हुन् ।

घर्ती मगरको नजरमा पनि नेपाली टिम डाइनामिक बनेको छ । ‘नयाँ खेलाडीहरु थपिनु भएको छ । राष्ट्रिय लिगमा राम्रो गर्ने खेलाडी पनि आइरहेका छन् । यसले गर्दा राष्ट्रिय टिम चुनौतीपूर्ण बन्दै पनि गइरहेको छ’, घर्ती मगरले भने ।

डेंगुले समस्या

नेपाली खेलाडीलाई बीचमा पालैपालो डेंगु संक्रमण भएकाले प्रशिक्षणमा केही समस्या भएको प्रशिक्षक हुमागाईँले बताए । भने, ‘बीचमा खेलाडीहरु घाइते हुने र कतिलाई डेंगु लाग्नाले पनि केही समस्या भयो ।’

पछिल्लो समय कुनै प्रतियोगिता नभएका कारण खेलाडीहरुमा फिटनेसको समस्या देखिएको उनले बताए । ‘लिग र घरेलु प्रतियोगिता नभएको अवस्थामा खेलाडीलाई बोलाएर एउटा टिम बनाउन सुरूको दिनमा धेरै गार्‍हो भयो ।

लाडीलाई पनि फिटनेसमा गार्‍हो भयो’, उनले भने, ‘अन्तिममा जे जस्तो छ त्यसलाई उपयोग गरेर हामी लक्ष्यसम्म पुग्यौं ।’ तयारीमा सन्तुष्ट रहेको भन्दै उनले अहिले सबै खेलाडी फिट र ठिक रहेको बताए ।

चार गोलरक्षक किन ?

सामान्यतया राष्ट्रिय टिममा ३ जना गोलरक्षक रहने भए पनि यस पटक २३ सदस्य टिममा उनले ४ जना गोल रक्षकलाई राखेका छन् । प्रशिक्षक हुमागाईंले किरण चेम्जोङ, विशाल श्रेष्ठ, विकेश कुथु र दीप कार्की चारै जना योग्य र मेहनती भएकाले टिममा परेको बताए ।

‘चारै जना गोलकिपर राष्ट्रिय टिमका लागि योग्य छन् । उनीहरुको मेहनत, लगनले गर्दा उनीहरु टिममा छन्’, उनले भने, ‘चारै जनाको मेहनतलाई सलुट गर्ने ठाउँ छ । बाध्य भयौं की उनीहरुलाई हटाउने ठाउँ नै भएन ।’

अवसर सदुपयोग गर्ने नयाँ खेलाडीको योजना

नेपालको शीर्ष लिग ए डिभिजन लिगको पछिल्लो सिजन थ्री स्टारबाट राम्रो प्रदर्शन गरेका खेलाडी ऋतिककुमार खड्का पहिलो पटक राष्ट्रिय टिममा पर्न पाउँदा निकै खुसी छन् ।

ब्रिगेड व्बाइजमा सुरुका २ वर्ष र पछिल्लो ए डिभिजन लिग थ्रीस्टारबाट खेलेका उनले लिगको प्रदर्शनकै कारण राष्ट्रिय टिममा मौका बनाएका हुन् । ‘राष्ट्रिय टिममा पर्दा निकै खुसी छु । अनुभवी खेलाडीसँग खेल्दा केही चुनौतीपूर्ण हुने रहेछ,’ उनले भने, ‘मेहनत गरेकाले यो अवसर पाउँछु भन्ने लागेको थियो ।’

यू–२३ राष्ट्रिय टिमबाट पनि खेलिसकेका २० वर्षीय ऋतिकले सिनियर टिमबाट देशको लागि गोल गर्ने लक्ष्य लिएका छन् । ‘मौका पाएको छु, राष्ट्रलाई केही गर्छु भन्ने छ’, फरवार्ड ऋतिकले भने ।

उनीसँगै यस पटक २२ वर्षीय आशिष चौधरीले पनि पहिलो पटक राष्ट्रिय टिममा मौका पाएका छन् । उनी पनि यो मौकालाई सदुपयोग गर्ने बताउँछन् ।

नेपाल बंगलादेश हेड टु हेड

नेपाल र बंगलादेश यसअघि २४ औं पटक एकअर्काको आमनेसामने हुँदैछन् ।

यसअघि भएका खेलमा नेपालले ७ खेलमा जित, १३ खेलमा हार र ३ खेल बराबरी गरेको ।

नेपाल र बंगलादेश पछिल्लो पटक २०७८ असोज २७ गते बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा १–१ बराबरी खेलेको थियो ।

नेपाल–बंगलादेश
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय