
९ असोज, चितवन । चितवनको भरतपुर महानगरपालिका-१२ नौरङ्गेमा जंगली बँदेलको आक्रमणबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार असोज ७ गते बिहान ६ बजे मर्निङवाक् जाने क्रममा एक्कासी जंगलबाट निस्किएको बँदेलले आक्रमण गर्दा घाइते भएका ४० वर्षीय दीपक बिकको उपचारको क्रममा भरतपुर अस्पतालमा आइतबार दिउँसो मृत्यु भएको हो ।
पेटमा गहिरो चोट लागेका बिकको शरीरका अन्य भागमा समेत चोट लागेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4