
१० असोज, चितवन । सोमबार विहान भरतपुरमा ठूलो पानी पर्यो । पार्टी निकट पत्रकार संगठन प्रेस सेन्टरले गरेको शुभकामना आदानप्रदान कार्यक्रम सकेर घर सर्ने तयारी गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हतारो थियो ।
त्यसमाथि पानी पर्यो । भरतपुर महानगरपालिका- १० मा रहेको छोरी रेनु दाहालको सरकारी निवासबाट झण्डै १६ किलोमिटर टाढा भरतपुर-१४ मा बनेको घरमा प्रचण्ड झमझम् पानी परिरहेकै बेला सरे ।
बिरामी श्रीमती सीतालाई लिएर शनिबार चितवन आएका प्रचण्ड छोरी रेनु र गंगासहित शिवनगरको नयाँ घरमा सरेका छन् । एकतले घर करीव १० कठ्ठा जग्गामा बनेको छ ।
मूलघर नजिकै सुरक्षाकर्मी र अन्य सहयोगी बस्नका लागि केही कोठा निकालेर टिनको छाना भएका अस्थायी संरचना पनि बनाइएको छ । काठमाडौंमा विवादास्पद ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बसेकामा आलोचना खेपेका प्रचण्डको घर पैत्रिक सम्पत्तिमा बनेको हो । यो जग्गा उनका बुवा मुक्तिरामले नाति प्रकाशका नाममा दिएको स्रोत बताउँछन् ।
प्रचण्डका बुबा मुक्तिराम भरतपुर-४ मा बैदिक नगरमा बस्थेँ । सोही घरमा उनको निधन भएको थियो । वुवाको निधनपछि प्रचण्ड परिवारले त्यो घर बेचिसकेका छन् ।
प्रतिक्रिया 4