
११ असोज, काठमाडौं । मैत्रीपूर्ण फुटबलमा नेपालले बंगलादेशविरुद्ध अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलमा नेपालले दोस्रो गोल गरेको हो ।
दुवै गोल अञ्जन विष्टले गरे । खेलको १८औं मिनेटमा विमल घर्ती मगरको फ्रिकिकमा अञ्जनले हेडमार्फत गोल गरेका थिए । त्यसको ठीक अघि बगंलादेशका कप्तान जमल भुयानको प्रहार बारमा लागेर फर्किएको थियो ।
२७औं मिनेटमा उनले नै दोस्रो गोल गरे । तेज तामाङको प्रहार बंगलादेशी गोलकिपरले बचाएका थिए । तर रिबाउन्ड बलमा अञ्जनले गाले गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4