११ असोज, काठमाडौं । नेपाल टी–२० क्रिकेट लिग २६ मंसिरदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार लिगको प्रस्तावित नयाँ मितिलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले स्वीकृत गरेको छ ।
अब यो लिगको फाइनल खेल १६ पुषमा हुनेछ ।
यसअघि ८ असोजदेखि ५ कात्तिकसम्म गर्ने तय भएको थियो । तर सुरक्षाको कारण देखाएर स्थगित भयो ।
प्रतिक्रिया 4