
काठमाडौं । सिप्रदियन सहायता संस्थाले महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी र यातायात व्यवस्था विभागको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राख्दै काठमाडौं उपत्यका र पोखारा गरी १९ स्थानहरुमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
दशैं मनाउन उपत्यका छाड्ने यात्रुहरुको सङ्ख्य उल्लेख्य रुपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँ-बसपार्क, स्वयम्भू, चावहिल, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, पुरानोबसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष सुरु गरिएको संस्थाले जनाएको छ । यस्तै उपत्यका बाहिर बनेपा, धुलिखेल र काभ्रे भन्ज्यांग र पोखरा का दुई स्थानमा पनि यात्रु सहायता कक्ष सुरु गरिएको छ।
उपभोक्ता संघ तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो महँगो टिकट मूल्य, टिकट नपाउने जस्ता गुनासो आइरहेकोले त्यसलाई न्यूनिकरण गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याएको संस्थाले जनाएको छ ।
यात्रु आवत जावतको क्रममा सर्वसाधारण यात्रीलाई सुरक्षा सम्बन्धी जानकारी गराउन सहायता कक्षले मनिटरिङ गर्ने संस्थाको भनाइ छ ।
प्रतिक्रिया 4