
११ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले डबली संस्कृतिलाई पुनर्स्थापना गरिने बताएकी छिन् ।
विश्व पर्यटन दिवस-२०२२ का अवसरमा महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले बसन्तपुरमा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
‘अमूर्त संस्कृतिको विस्तार गर्ने ठाउँ नै डबली हो । यसबाट प्रदर्शन हुने कलाले शहरलाई जीवन्त बनाउने मात्र होइन । विश्वभर परिचित पनि गराउँछ । त्यसैले हामी डबली पुनर्स्थापनाको सोचलाई पर्यटनसँग जोडेर वर्षभरि काम गर्नेछौं’ डंगोलले भनिन् ।
कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले जीवन्त सांस्कृतिक शहरलाई प्रबर्द्धन गरेर पर्यटन विस्तार गर्नुपर्ने बताए ।
बसन्तपुरमा कला महोत्सव
पर्यटन दिवसको अवसर पारेर बसन्तपुरमा कला महोत्सव आयोजना गरिएको छ । महोत्सवमा काठमाडौंको संस्कार, संस्कृति र जीवनसँग जोडिएका काठ, धातु, पत्थर र माटोका सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखिएका थिए ।
डबली संस्कृति प्रवर्धन गर्न सम्पदा तथा पर्यटन विभागले नारायण मन्दिर अगाडिको डबलीमा १ सय जना कलाकारले आआफ्नो प्रस्तुति दिइरहेका छन् ।
प्रतिक्रिया 4