
काठमाडौं । दशैं पर्वलाई लक्षित गरी स्मार्ट क्यूआरले भाटभटेनी र एनआईसी एशिया बैंकसँगको सहकार्यमा ‘बडा छुट’ अफर सार्वजनिक गरेको छ ।
अफर अन्तर्गत ग्राहकहरुले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने जनाएको छ । यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागू हुने कम्पनीले जनाएको छ ।
स्मार्ट क्यूआरमा आबद्ध सबै बैंक तथा वालेटका ग्राहकहरुले यो अफर अन्तर्गत छुट प्राप्त गर्न सक्ने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
दशैंमा हुने किनमेल कारोबारमा स्मार्ट क्यूआर प्रयोगकर्तालाई सहुलियत दिने तथा विद्युतीय भुक्तानी प्रबर्द्धन गर्ने उद्देश्यका साथ यो अफर सार्वजनिक गरिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4