
१२ असोज, काठमाडौं । नेपालको पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)मा आवद्ध व्यवसायीहरु बंगलादेशको ढाका प्रस्थान गरेका छन् ।
कोभिड–१९ ले प्रभावित पर्यटन व्यवसायले गति लिन थालेको अवस्थामा १२ जना पर्यटन व्यवसायीहरु २९ सेप्टेम्बरदेखि १ अक्टोबरसम्म आयोजना हुने नवौं एसियन टुरिजम फेअरमा सहभागी हुन बंगलादेश प्रस्थान गरेका हुन् ।
एसियन टुरिजम फेअर बंगलादेशमा हरेक वर्ष आयोजना हुन्छ । फेयरमा बीटूबी तथा बीटूसी कार्यक्रम सञ्चालन हुन्छन् । कार्यक्रममा विश्वका विभिन्न देशहरूबाट पर्यटन व्यवसायीले आ–आफ्नो देशको पर्यटन प्रबर्द्धनसम्बन्धी विषय प्रस्तुत गर्ने गर्छन् ।
बंगलादेशको नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले कार्यक्रमको आयोजना गर्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4