
१३ असोज, काठमाडौं । लघुबीमा कम्पनीको लाइसेन्सका लागि ३१ वटा आवेदन परेका छ्न् । बीमा समितिले १० भदौमा ७ वटा लघुबीमा कम्पनीको लाइसेन्सका लागि आवेदन मागेको थियो ।
समितिले काठमाडौं उपत्यका बाहिर ७ वटा प्रदेशमा केन्द्रीय कार्यालय रहने गरी ३ जीवन र ४ निर्जीवन लघु बीमा कम्पनीको लाइसेनसका लागि आवेदन आह्वान गरेको थियो ।
आवेदन दिने अन्तिम दिन १३ असोज अपरान्ह १२ बजेसम्म ३१ वटा कम्पनीका लागि आवेदन परेको बीमा समितिले जनाएको छ । जसमध्ये १५ वटा लघु जीवन बीमा र १६ वटा लघु निर्जीवन बीमाका लागि आवेदन परेको समितिले जनाएको छ।
अधिकांश बैंक तथा वित्तीय संस्थाहरुको नेतृत्वमा नै लघुबीमाका लागि आवेदन परेको छ ।
हेर्नुहोस् आवेदन विवरणः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4