
काठमाडौं । चिरञ्जीवी, सलमान खान र नयनतारा स्टारर दक्षिण भारतीय फिल्म ‘गडफादर’को ट्रेलर सार्वजनिक भएको छ ।
पीकेआर नामका मुख्यमन्त्रीको मृत्युको सन्दर्भसँगै ट्रेलर सुरु हुन्छ र यो घटनाले उनका उत्तराधिकारीलाई प्रश्न गर्छ । अर्को दृश्यमा चिरञ्जीवीको पात्र ब्रम्हालाई प्रस्तुत गरिएको छ ।
ब्रम्हा जोसँग ठूलो फ्यान फलोइङ त छ, तर राजनीतिक संसारमा उसका ठूला शत्रुहरु छन् । ट्रेलरको अन्त्यमा सलमान खानलाई प्रस्तुत गरिएको छ, जहाँ उनले चिरञ्जीवीको दाइको भूमिकामा अभिनय गरेका छन् ।
मोटरसाइकलमा प्रवेश भएसँगै सलमानले चिरञ्जीवीलाई गडफादरको रुपमा चिनाउँछन् । ट्रेलरमा नयनतारा र सत्यदीप कञ्चनाको चरित्रलाई पनि प्रस्तुत गरेको छ ।
गडफादर अक्टोबर ५ अर्थात् विजयादशमी टीकाको दिन रिलिज हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4