+
+

सिट बाँडफाँटप्रति मुगु कांग्रेस क्रुद्ध, गठबन्धन नमान्‍ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते १८:५१

१३ असोज, काठमाडौं। आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि सत्तारुढ गठबन्धनले गरेको सिट बाँडफाँटप्रति मुगुका कांग्रेस नेता- कार्यकर्ताले आपत्ति जनाएका छन् ।

मुगुबाट उम्मेदवार सिफारिस कांग्रेसका नेता र अन्य जिल्लास्तरका नेता गरी १४ जनाले सामूहिक विज्ञप्ति जारी गरी प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ जिल्लाका उम्मेदवार सिफारिस नभएको भन्दै आपत्ति जनाएका हुन् ।

उनीहरुका अनुसार समानुपातिकमा कर्णाली प्रदेशसभामा मुगुका कोही पनि सिफारिस भएका छैनन् भने प्रतिनिधिसभामा एक जना अन्तिमतिर सिफारिसमा परेका छन् ।

सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट हुँदा प्रत्यक्षतर्फ मुगु जिल्लाबाट प्रतिनिधिसभाको मात्र सिट पाएको र प्रदेशसभाको दुबै सिट गुमाउनुपर्ने अवस्था आएको भन्दै नेतृत्वको आलोचना गरेका छन् । उनीहरुले प्रदेशसभाको प्रत्यक्षतर्फ पनि पार्टीले उम्मेदवार पाउनुपर्ने माग गरेका छन् ।

‘…सञ्‍चार माध्‍यममा आएको सूचनालाई पुष्टि हुने गरी निर्णय भएको खण्डमा नेपाली कांग्रेस मुगु गठबन्धनको निर्णय मान्न बाध्य नहुने र नेपाली कांग्रेस मुगुले प्रतिनिधि सभामा एकल रुपमा निर्वाचन लड्‍ने व्‍यहोरा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई अवगत गराउन चाहन्छौं’ उनीहरुले विज्ञप्तिमा भनेका छन् ।

हेर्नुहोस् विज्ञप्ति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?