
१३ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला कमिटी अध्यक्ष तथा कर्णाली प्रदेशका मन्त्री नन्दसिंह बुढा नेकपा एमालेमा फर्किएका छन् ।
उनीसँगै जिल्ला कमिटीका ४० भन्दा बढी सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू र नगर र गाउँपालिका कमिटीका सदस्यहरू गरी ६० भन्दा बढी कार्यकर्ता प्रवेश गरेका नेकपा एमालेले जनाएको छ।
प्रवेश गर्नेहरुलाई एमाले महासचिव शंकर पोखरेलले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा स्वागत गरे ।
बिहीबार प्रदेश कमिटी सदस्यहरू धर्मलाल बुढा, काली बुढा, अमराम बुढा, देवीबहादुर बुढाथोकी, राष्ट्रिय परिषद् सदस्य देवीलाल रोकाय र बलबहादुर रोकायसँगै जिल्ला कमिटीका केही सदस्य पनि एमाले प्रवेश गरेका उक्त पार्टीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4