
१४ असोज, काठमाडौं । काठमाडौंको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जना हतियार व्यवस्थापक रहेको प्रहरीले जनाएको छ ।
यही असोज ४ गते बेलुकी भएको हत्याको घटनामा प्रहरीले दुई जना पुरुष र एक जना महिलालाई पक्राउ गरेको अपराध महाशाखा प्रमुख जनक भट्टराइले बताए । प्रहरी अधिकृतका अनुसार उनीहरु तिनै जनाले मोहम्मदको हत्याको लागि हतियार व्यवस्थापनमा सघाएका थिए । ती महिला यसअघि लागूऔषध सम्बन्धी मुद्दामा जेलसमेत बसेको प्रहरीको भनाइ छ ।
तीन जना पक्राउ परेकोबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।
यही असोज ४ गते बेलुकी मोटरसाइकलमा आएका तीन व्यक्तिमध्ये एकले मोहम्मदलाई गोठाटारको एक गार्मेन्ट फ्याक्ट्री अगाडि गोली हानेर हत्या गरेका थिए । प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएर सो घटनाबारे छानबिन गरिरहेको छ ।
प्रतिक्रिया 4