
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल/फाइल तस्वीर
१४ असोज, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अन्य स्थानमा मनिचेन्जरको इजाजत दिन बन्द गरिएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार अर्को व्यवस्था नभएसम्म अन्तर्राष्ट्रिय विमानस्थल बाहेकका स्थानमा मनिचेन्जरको नयाँ इजाजत प्रदान गर्ने सम्बन्धी कार्य बन्द गरिएको हो ।
विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संशोधन गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4