
काठमाडौं । दशैं छेको पारेर ऋषि खड्का र सुनिता बुढा क्षेत्रीको स्वरमा ‘लागे परदेशै’ गीत सार्वजनिक भएको छ ।
ऋषिकै शब्द तथा संगीत रहेको लोकगीतमा दशैंको बेला घरपरिवार छाडेर विदेशिन बाध्य युवाको कथा प्रस्तुत गरिएको छ । उत्तम श्रेष्ठ ‘शिशिर’ले निर्देशन गरेको गीतको भिडियोमा शिशिर भण्डारी र समीक्षा पोखरेल फिचर्ड छन् । भिडियोमा उनीहरु श्रीमान् श्रीमतीको भूमिकामा छन् ।
साइराम पिक्चर्सले निर्माण गरेको भिडियोमा दीपक गिरीको छायांकन र रोणित बिसुन्खेको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4