
१४ असोज, काठमाडौं । भारतीय नेशनल कांग्रेसको अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ ।
मनोनयन दर्ताको अन्तिम दिन शुक्रबार शशी थरूर, केएन त्रिपाठी र मल्लिकार्जुन खडगेले उम्मेदवारी दर्ता गराका छन् ।
राजस्थानका मुख्यमन्त्री अशोल गहलोतले उम्मेदवारी दर्ता गराएनन् । सम्भावित उम्मेदवार रहेका दिग्विजय सिंहले पनि उम्मेदवारी दर्ता गराएनन् ।
सिंहले खड्गेलाई समर्थन गर्ने जनाएका छन् । गहलोतले भने राजस्थान कांग्रेसमा देखिउको आन्तरिक विवादका कारण उम्मेदवारी दिन नसकेको बताएका छन् ।
भारतीय कांग्रेसको अध्यक्ष पदका लागि आगामी १७ अक्टोबरमा निर्वाचन हुँदैछ । त्यसका लागि २४ सेप्टेम्बरदेखि सुरु मनोनयन दर्ताको प्रक्रिया शुक्रबार सकिएको छ । अब ८ अक्टोबरसम्म कसैले मनोनय फिर्ता लिने समय दिइएको छ भने सोही दिन अपराह्न ५ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ ।
प्रतिक्रिया 4