
काठमाडौं । फिल्म हेर्ने मामिलामा उपराष्ट्रपति नन्दबहादुर पुन अगाडि छन् । अन्य ‘भीभीआईपी’भन्दा उनी प्रत्येक महिना हलमा भेटिन्छन् र आफूलाई चाख लागेका फिल्म हेर्छन् ।
केही महिना पहिले उनले प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’ हेरे । शनिबार भने कलाकारसँगै बसेर रोमान्टिक फिल्म ‘बाबरी’ हेरे । पत्नीसहित बिग मुभिजमा पुगेका उनले पूरै समय बसेर फिल्मको मज्जा लिए ।
कलाकारहरु धीरज मगर, अदिती बुढाथोकी, धीरज नाडकरसहित निर्माण युनिटले पनि उपराष्ट्रपतिसँगै बसेर फिल्म हेरे । उपराष्ट्रपतिले चाख मानेर फिल्म हेरेको निर्मात्री पुष्पलता बुढाथोकीले बताइन् ।
शुक्रबारदेखि रिलिज भएको फिल्म ‘बाबरी’लाई दर्शकले रुचाएका छन् । खासगरी धीरज र अदितीका फ्यान र लभस्टोरी जनरा रुचाउने दर्शकले बाबरीलाई रुचाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4