
आइफोन निर्माता कम्पनी एप्पलका सिइओ टिम कुकले प्रविधि कम्पनीहरुमा महिला कर्मचारीहरुको संख्या जति हुनुपर्ने हो त्यति नरहेको र आफ्नो कम्पनी एप्पलको अवस्था पनि त्यस्तै रहेको बताएका छन् ।
बीबीसीलाई दिएको एक अन्तरवार्तामा कुकले कर्मचारीहरुमा लैंगिक विविधता कायम गर्नु अत्यावश्यक रहेको भन्दै त्यसो नगरेमा प्रविधिबाट अपेक्षाकृत उपलब्धीहरु हृासिल गर्न नसकिने बताए ।
प्रविधि क्षेत्रमा विद्यमान महिलाहरुको कमीको यथार्थको कारणलाई कुनै बहाना देखाएर पुष्टि गर्न नसकिने उनको भनाई छ ।
कुकका अनुसार प्रविधिको सार तथा मानवतामा त्यसको प्रभावको विषयमा यो क्षेत्रमा महिलाको सहभागितामा निर्भर गर्दछ ।
कम्पनीमा कर्मचारीहरुको विविधताको क्षेत्रमा एप्पल सहित अन्य कर्मचारीहरुले थोरै सुधार गरेका भएपनि प्रविधिको विद्यमान संसारमा महिलाको कम सहभागितालाई लिएर कुनै बहाना बनाउन नसकिने एप्पल सिइओले बताएका छन् ।
एप्पल कम्पनीको पछिल्लो रिपोर्ट अनुसार एप्पलमा कार्यरत कर्मचारीहरुमध्ये महिलाको संख्या केवल ३५ प्रतिशत छ ।
विज्ञहरुका अनुसार विद्यालयस्तरबाटै विज्ञान, प्रविधि, इन्जिनियरिंग तथा गणित विषय अध्ययन गर्ने छात्राहरुको कमीका कमीका कारण बजारमा प्रविधि क्षेत्रमा काम गर्ने महिला कामदार र कर्मचारीहरुको कमी छ ।
एप्पल सिइओ टिम कुकले अग्मेन्टेड रियालिटी अर्थात् एआर तथा मेटाभर्सको अवधारणा पनि उत्तम रहेको बताएका छन् ।
उनले भनेका छन्ः भविष्यमा मानिसहरुले आखिर हामी अग्मेन्टेड रियालिटी विना कसरी बाँचिरहेका थियौँ होला ? भनेर सोच्नेछन् । यो क्षेत्रमा हामीले ठूलो रकम लगानी गरिसकेका छौँ ।
वास्तवमा अग्मेन्टेड रियालिटी भनेको डिजिटल दुनिया र वास्तविक दुनियाको मिश्रण हो ।
उदाहरणका लागि यदि तपाइँले कुनै फर्निचर आफ्नो घरमा ल्याउन चाहनुहुन्छ भने तपाइँले क्यामराका माध्यमले उक्त फर्निचरलाई भर्चुअल्ली आफ्नो काठामा ल्याएर फिट गर्न सक्नुहुन्छ र कस्तो देखिन्छ भनेर हेर्न सक्नुहुन्छ ।
त्यस्त मेटाभर्स भनेको एउटा पूर्ण भर्चुअल संसार हो जसमा ठूला प्रविधि कम्पनीहरुहरुले भारी रकम लगानी गरिसकेका छन्।
ग्तवर्ष फेसबुकले आफ्नो नामै परिवर्तत गरी मेटा राखेको छ । जसले पनि देखाउँदछ कि मेटाभर्स फेसबुकको उच्च प्राथमिकतामा छ । बीबीसीबाट
प्रतिक्रिया 4