
काठमाडौं । युरोपियन युनियनको संसदमा स्विडेनको प्रतिनिधित्व गर्ने एक सांसदले संसदमा बोल्ने क्रममा आफ्नो कपाल काटेकी छिन् । इरानमा हिजाबविरुद्द चलिरहेको संघर्षको समर्थनमा उनले त्यसो गरेकी हुन् ।
युरोपियन युनियनको संसदमा स्वीडनबाट प्रतिनिधित्व गर्ने सांसद अबीर अल–सहलानीले संसदलाइ सम्बोधन गर्दै आफनो कपाल काटेकी हुन् । सम्बोधनका क्रममा उनले भनिन, ‘युरोपीय संघका नागरिकले इरानमा महिला र पुरुष बिरुद्द भएरहेको हिंशा बिना शर्त तुरुन्त बन्द गर्नुपर्न माग गर्छन् ।’
हातमा कैंची बोकेर संसदको रोष्टममा पुगेकी उनले सम्बोधन गर्दा गर्दै आफ्नो कपालमा कैंची चलाएकी हुन् । इरानी महिलाको समर्थनमा संसदमै कापल काटेको उनको भिडियो अहिले संसारभर भाइरल भइरहेको छ ।
इरान सरकारले महिलाहरुले पूरै टाउको छोप्ने गरी हिजाब लगाउन अनिवार्य गरेको छ । महिलाहरुले हिजाब लगाए-नलगाएको चेक जाँच गर्न प्रहरी पनि खटाएको छ । हिजाब चेकजाँच गर्ने प्रहरीले २२ वर्षे महसा अमिनLलाई पक्राउ गरेका थिए । पक्राउपछि हिरासतमा राखिएको उनको ३१ भदौमा उनको मृत्यु भयो ।
उनको मृत्युपछि इरानमा महिलाहरु हिजाब विरुद्ध आन्दोलन गरिरहेका छन् । महिलाहरु सडकमा उत्रेर हिजाब जलाउँदै, आफ्नो कपाल काट्दै विरोध प्रर्दशन गरिरहेकाछन् । इरानका राष्ट्रपति इब्राहिम राइसीले हिजाबको विरोधमा सडकमा उत्रिएकाहरुमाथि कडा कारबाही गर्न निदेशन दिएका छन् ।
हिजाब विरुद्ध इरानमा चलिरहेको आन्दोलनको समर्थनमा भन्दै संसारभरबाट महिलाहरुले आफ्नो कपाल काटेको भिडियो सार्वजनिक गरिरहेका छन् । इरानमा चर्किरहेको हिजाब विरोधी आन्दोलनका क्रममा ५० भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया 4