
२१ असोज, काठमाडौं । पोखरा विमानस्थलमा हुने उडान लगातार दोस्रो दिन पनि प्रभावित बनेको छ । वायुसेवा कम्पनीहरुका अनुसार प्रतिकूल मौसमले पोखराको उडान प्रभावित बनेको हो ।
बिहीबार सबै उडान रद्द भएकोमा शुक्रबार बिहानका लागि निर्धारित उडानहरु रद्द गरिएका छन् । बुद्ध एयरले मात्र शुक्रबार तीन वटा उडान रद्द गर्नु परेको जानकारी गराएको छ ।
शुक्रबार सुर्खेत विमानस्थल समेत बन्द रहेको थियो । अपरान्हपछि भने दुवै विमानस्थल खुलेका छन् । त्यसपछि पनि पोखरामा छिनछिनमा अदलबदल भएको मौसमले नियमित उडान प्रभावित बनेको हो ।
काठमाडौं विमानस्थल कार्यालयका अनुसार आज काठमाडौंमा सामान्य रूपमा उडान अवतरण भइरहेको छ । ‘पोखरा बाहेकका विमानस्थलमा उडानमा धेरै समस्या देखिएको छैन,’ काठमाडौं विमानस्थलका एक प्राविधिकले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4