
२१ असोज, काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक अनिश्चित बनेको छ । बैठकका लागि बालुवाटार पुगेका कांग्रेस नेताहरू गठबन्धनको बैठकको कारण प्रतिक्षामा बसिरहेका छन् ।
बिहीबार गठबन्धनको बैठककै कारण कार्य सम्पादन समितिको बैठक बस्न सकेको थिएन । हिजो बस्न नसकेको बैठक आजका लागि सारिएको थियो ।
अपरान्ह १२ बजेका लागि बोलाइएको बैठक साँझ ५ बजेसम्म सुरु हुन सकेको छैन । ‘तालमेलको निर्णय गर्न गठबन्धनको बैठक बसिरहेको छ’ सहमहामन्त्री भीष्मराज आङ्देम्बेले भने, ‘हामी पर्खिरहेका छौं ।’
संघ र प्रदेशका उम्मेदवार छनोट गर्नका लागि कार्यसम्पादन समितिको बैठक डाकिएको हो । ३७ सदस्यीय कांग्रेसको कार्यसम्पादन समितिमा प्रदेशगत छलफल गरेर संसदीय समिति मार्फत उम्मेदवारको चयन गरिने नेताहरूले बताएका छन् ।
संघ र प्रदेशका लागि निर्वाचन आयोगले आइतबार (असोज २३) गतेका लागि उम्मेदवार मनोनयनको समय तोकेको छ ।
प्रतिक्रिया 4