
२२ असोज, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् ।
प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको अघिल्लो दिन शनिबार सापकोटा सरकारी निवास छाडेर निजी निवासमा फर्किएका हुन् ।
उनले सभामुखको रुपमा पाउने सरकारी सेवा सुविधा पनि छाडेको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
सरकारी सेवा सुविधा छाड्नु अगाडि सापकोटाले पत्रकार सम्मेलन गरेका थिए । उनले आसन्न चुनाव नलड्ने पनि घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4