
२२ असोज, बुटवल । नेकपा एमालेले रुपन्देही–५ मा बासुदेव घिमिरेलाई टिकट दिएको छ । तिलोत्तमा नगरपालिकाका पूर्वमेयर घिमिरे रुपन्देही–३ बाट सिफारिस भएका थिए ।
रुपन्देहीका अरु क्षेत्रबाट एकल सर्वसहमत सिफारिस हुँदा यो क्षेत्रमा भने निवर्तमान सांसद घनश्याम भूसालसँगै घिमिरेले दावी गरेका थिए । तर चुनावी तालमेल गर्दै एमालेले रुपन्देही–३ राप्रपालाई दियो ।
टिकट नपाउने निश्चित भएसँगै भूसालले शनिबार एमाले परित्यागकै घोषणा गरेका छन् । तर घिमिरेलाई भने शनिबार रुपन्देही–५ को टिकट दिइएको छ ।
यो क्षेत्रबाट पनि एमाले राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराई एकल रुपमा सर्वसहमत सिफारिस भएका थिए । तर पूर्वउपमहासचिव भूसाल र प्रमुख सचेतक भट्टराईलाई पन्छाउँदै घिमिरेले टिकट पाएका छन् ।
यो निर्वाचन क्षेत्रको प्रदेशसभा मध्ये एउटा एमाले र एउटामा जसपाको उम्मेदवार हुने सहमति जुटेको स्रोतले जनायो ।
प्रतिक्रिया 4