
२२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हितमान शाक्यले काठमाडौं– ९ को टिकटमा दाबी छोडेका छन् ।
सत्ता गठबन्धनको भागवण्डामा माओवादीले स्थायी कमिटी सदस्य शाक्यका लागि भनेर काठमाडौं–९ लिएको थियो । उम्मेदवारी दर्ताको अघिल्लो दिन उनी उम्मेदवार बन्ने दौडबाट बाहिरिएका छन् ।
अब कल्पना धमला र शंकर दुलाल दौडमा छन् । दुलालको नाम माओवादी जिल्ला कमिटीले सिफारिस गरेको छ भने पार्टी नेतृत्वले धमलाको नाम पनि छलफलमा ल्याएको छ । एक नेता भन्छन्, ‘कल्पना र शंकरमध्ये एक उम्मेदवार हुनेछन् ।’
माओवादीले काठमाडौं–२ मा कृष्णराज सुवेदीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । काठमाडौं ३ (ख) महेश्वर फुयालको टिकट पक्का भएको छ भने काठमाडौं ६ (ख) मा हिमाल शर्मा उम्मेदवार बन्ने दौडमा छन् ।
काठमाडौं ७ मा मानुषी यमी भट्टराईलाई उम्मेदवार बनाउने तय भएको नेता हिमाल शर्माले बताए ।
प्रतिक्रिया 4