
काठमाडौं । अभिनेत्री रेखा थापा र निर्देशक मनोज पण्डितले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपाकी उम्मेदवार रेखाले मोरङ क्षेत्र नम्बर ३ बाट मनोनयन दर्ता गराएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न रेखा कार्यकर्ता र पति बलराम शाहीसँगै पुगेकी थिइन् ।
फिल्म निर्देशक मनोज पण्डितले चाहिं काभ्रे २ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । ‘बधशाला’, ‘ग्रेटर नेपाल’जस्ता चर्चित फिल्मका निर्देशक पण्डित एक्लै पुगेर मनोनयन दर्ता गराएका हुन् ।
काठमाडौं क्षेत्र नम्बर ६ बाट आजै गायक सञ्जय श्रेष्ठले पनि उम्मेदवारी दर्ता गर्ने तयारी छ । तारकेश्वरस्थित निर्वाचन आयोगको कार्यालय पुगेर उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराउने जनाएका छन् ।
नेपालमा मंसिर ४ गते प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4