
काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं उपत्यकामा पाएका ५ क्षेत्रमध्ये ४ क्षेत्रमा महिला उम्मेदवार उठाउने भएको छ । माओवादीले सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका काठमाडौं–२, ७ र ९, ललितपुर–३ र भक्तपुर–१ क्षेत्र पाएको थियो ।
ललितपुर–३ मा पम्फा भुसालले टिकट पाएकी छिन् । माओवादी केन्द्रकी उपमहासचिव समेत रहकी भुसाल यसअघि पनि उक्त क्षेत्रबाट निर्वाचित सांसद हुन् । काठमाडौं-२ को टिकट पूर्वसभामुख समेत रहेकी ओनसरी घर्तीले पाएकी छिन् ।
त्यस्तै काठमाडौं–७ मा मानुषी यमी भट्टराईले माओवादीका तर्फबाट टिकट पाएकी छिन् । काठमाडौं–९ मा माओवादीकी कल्पना धमलाले टिकट पाएकी छिन् । भक्तपुर-१ मा भने सुरेश न्यौपानेले टिकट पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4