+
+

चितवन-३ मा एमालेबाट रामप्रसाद न्यौपाने उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १३:३२

२३ असोज, चितवन । नेकपा एमालेले चितवन क्षेत्र नं. ३ बाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उठाउने भएको छ । राप्रपाका बिक्रम पाण्डेलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति हुन नसक्दा न्यौपानेको टिकट निश्चित भएको थिएन ।

तर, एमाले अध्यक्ष ओलीले न्यौपानेलाई नै टिकट दिएका छन् । नेता न्यौपानेले टिकट आफूले पाएको जानकारी अनलाइनखबरलाई दिए । ‘टिकट आइसक्यो, म उठ्ने निश्चित भो’, न्यौपानेले अनलाइनखबरसँग भने, ‘राप्रपालाई सहयोग गर्ने कुरा भएन ।’

यही क्षेत्रबाट एमालेको समर्थनमा कांग्रेसका दिनेश कोइराला उठ्ने चर्चा थियो । एमालेले कोइरालालाई सूर्य चिह्न लिएर उठे मात्रै सहयोग गर्ने तर स्वतन्त्र उठ्दा सहयोग नगर्ने बताएपछि कोइराला एमाले सहयोगमा उम्मेदवार बन्ने सम्भावना सकिएको हो ।

कोइराला एमाले सहयोगमा स्वतन्त्र उम्मेदवार उठ्न खोजेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको चितवन ३ मा सत्ता गठवन्धनबाट माओवादी केन्द्रका तर्फबाट डा. भोजराज अधिकारी उम्मेदवार छन् । यस्तै, राप्रपाबाट उपाध्यक्ष बिक्रम पाण्डेले उम्मेदवारी दर्ता गराउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?