
२३ असोज, काठमाडौं । सुनको मूल्य एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेको छ भने चाँदीको ८५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार, तेजावी सुन ९५ हजार ५ सय र चाँदीको मूल्य १२ सय ५५ रुपैयाँ तोकिएको छ । एकै पटक मूल्य बढ्नुको कारण दशैं बिदाको मूल्य समायोजन भएको महासंघले जनाएको छ ।
दशैं बिदाका कारण सुन चाँदीको अन्तर्राष्ट्रिय मूल्य समायोज भइरहेपनि नेपालमा भने रोकिएको थियो । त्यसैको समायोजन गर्दा मूल्य बढेको महासंघले जनाएको छ । दशैं बिदा सुरु हुनु अघिको अन्तिम दिन १४ असोजमा ९३ हजार रुपैयाँमा छापावाल सुन र ११ सय ७० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4