
२३ असोज, काठमाडौं । नेकपा एमालेले रुपन्देही-५ को टिकट बासुदेव घिमिरेबाट खोसेर खिमलाल भट्टराईलाई दिएको छ ।
रुपन्देही-३ बाट घनश्याम भुसाल र तिलोत्तमा नगरपालिकाका पूर्व मेयर घिमिरेको नाम सिफारिस भएको थियो । यो क्षेत्रमा एमालेले राप्रपाका दीपक बोहरालाई समर्थन गर्यो ।
शनिबार भुसालले पार्टी परित्याग गरेको घोषणा गरेपछि घिमिरेलाई रुपन्दही-५ को टिकट दिने भनिएको थियो । घिमिरेले उम्मेदवारी दर्ताको तयारी गरेका थिए ।
तर उम्मेदवारी दर्ताको अन्तिम समयमा आएर उनको टिकट खोसिएको छ र खिमलालले नै टिकट पाएका छन् । उनले अनलाइनखबरसँग भने, ‘हातमा टिकट छ, उम्मेदवारी दर्ता गर्न जान विमानस्थलमा छु ।’
भट्टराई राष्ट्रियसभामा एमाले संसदीय दलका नेता समेत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4