
काठमाडौं । महजोडीको प्रमुख भूमिका रहेको फिल्म ‘महापुरुष’ले मुलुकका सात सहरमा प्रमोसनल टूर गर्ने भएको छ ।
दशैंको कोजाग्रत पूर्णिमा अवसरमा आइतबार टूर कार्यक्रम घोषणा गर्दै निर्माताले असोज २५ गते पूर्वी सहर बिर्तामोडदेखि प्रचार अभिनय सुरु हुने जानकारी दिए ।
२६ गते इटहरी र बिराटनगर, २७ गते हेटौंडा, २८ गते नारायणगढ, २९ गते बुटवल र ३० गते पोखरामा मोफसल भ्रमण कार्यक्रम आयोजना हुने भएका छन् ।
मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसहित फिल्मका कलाकारहरु राजाराम पौडेल, गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, कमेडियन सुमन कार्की र गायक निशान भट्टराई टूरमा सहभागि हुने भएका छन् ।
सामाजिक कथावस्तु र कमेडी जानरामा निर्माण भएको प्रदीप भट्टराई निर्देशित फिल्म तिहार भाइटीकाको भोलिपल्ट अर्थात कात्र्तिक ११ गते प्रदर्शन हुँदैछ ।
म्याक्स दिपेश खत्रीले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुन् ।
प्रतिक्रिया 4