+
+

आजीवन कुर्सीमा बस्ने गलत परम्परा तोडें : बाबुराम भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १७:१८

२३ असोज, गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आजीवन कुर्सीमा बस्नुपर्ने परम्परालाई तोड्दै आफूले यसपटक निर्वाचनमा उम्मेदवारी नदिएको बताएका छन् ।

आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारी दर्ताका लागि गोरखा आएका उनले आफ्नो निर्वाचन क्षेत्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छाड्न पाउँदा आफू निकै हर्षित भएको समेत बताएका छन् ।

‘आजीवन कुर्सीमा बस्ने गलत परम्परालाई एकपटक तोड्नै पथ्र्याे, म अवसर पर्खेर बसिरहेको थिएँ’, उनले भने, ‘कमरेड प्रचण्ड जो अन्तर्राष्ट्रिय स्तरसम्म ख्याति प्राप्त हुनुहुन्छ उहाँजस्तो व्यक्तिलाई मैले प्रतिनिधित्व गरेको ठाउँ हस्तान्तरण गर्न पाउँदा म अत्यन्त खुशी छु ।’

छोटो अवधिमा भएपनि आफ्नो पालामा गोरखामा विकासका केही पूर्वाधार बनेको बताउँदै उनले प्रचण्डको आगमनले त्यही जगमा टेकेर समृद्धिको महल खडा हुने बाटो खुलेको समेत बताए ।

‘गोरखाले अब साच्चै नै इतिहास निर्माण गर्ने अवसर पाएको छ, समृद्धिको युगमा नयाँ उत्साह हासिल गर्न अब गोरखाले त्यो अवसर पायो त्यसका लागी म हर्षित छु’, भट्टराईले भने । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनी गोरखा–२ मा प्रचण्डका प्रस्तावक समेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?