
२३ असोज, हेटौंडा । मकवानपुरका सत्तारुढ गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले एकैपटक उम्मेद्वारी दर्ता गराएका छन् ।
उम्मेद्वारी दर्ता गर्न नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीका नेताहरु निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
प्रतिनिधि सभाका लागि मकवानपुर १ बाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र मकवानपुर २ बाट नेकपा एकीकृत समाजवादीका स्थायी कमिटि सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभातर्फ मकवानपुर १(क)बाट नेकपा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी छिन्तु, १(ख) बाट नेपाली कांग्रेसका नेता आनन्दराम पराजुली, २(क) बाट नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य कुमारी मोक्तान र २(ख) बाट नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मनोनयन दर्ता गरेका छन् ।
प्रतिक्रिया 4