
२३ असोज, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही क्षेत्र नं. २ बाट मनोनयन दर्ता गराएका छन् । धनुषा ३ छाडेका उनले सर्लाही २ मा उम्मेदवारी दिएका हुन् ।
२०७४ को निर्वाचनमा उनी धनुषा ३ मा कांग्रेस नेता बिमलेन्द्र निधिलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । एमाले नेता जुलीकुमारी महतो धनुषा ३ बाट उम्मेदबार बनेपछि महतो सर्लाही गएका हुन् ।
सर्लाही २ मा लोसपा र सत्ता गठबन्धनसँग भागबण्डा नमिलेपछि मित्रवत प्रतिस्पर्धा गर्ने सहमति गरेको छ । सो क्षेत्रका निवर्तमान सांसद नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले उम्मेदवारी दावी गरेपछि सहमति हुन सकेन । उनी माओवादीको चुनाव चिह्नमा लड्ने गरी उम्मेदवारी दर्ता गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4