
२३ असोज, धनगढी । पूर्व वन तथा वातावरण मन्त्री नारदमुनि रानाले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।
धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमाले कैलालीका इन्चार्जसमेत रहेका रानाले कैलाली-५ बाट मनोनयन दर्ता गराएका हुन् ।
रानाले २०७४ सालमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणालाई ५ हजार मत अन्तरले पराजित गरेका थिए ।
क्षेत्र नम्बर ५ को प्रदेशसभा (क) मा पूर्व प्रदेशसभा सदस्य नेपालु चौधरी र प्रदेशसभा (ख) बाट एमाले कैलालीका कार्यवाहक अध्यक्ष समेत रहेका दुर्गा जोशीले मनोनयन दर्ता गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4