
२४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले १८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको फरक फरक ४ वटा ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्ने लागेको हो ।
२५ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ, १८२ दिन अवधिको २ अर्ब २५ करोड रुपैयाँ र ३६४ दिन अवधिको ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल मार्फत् नवीकरण हुने केन्द्रीय बैंकले जनाएको छ । सोमबार बोलकबोल हुने ट्रेजरी बिलको निष्कासन भने २५ असोजमा हुनेछ ।
नेपाल राष्ट्र बैंक अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत दिउँसो ३ बजेसम्म बोलकबोलको लागि आवेदन दिने सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4